अरुको अगाडि लम्पसार भएर बाँच्दा नेपालीको अपमान भयोे – राजा शाह

  • जेठ १३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्थामा कुरा धेरै र काम कम भएको बताउनु भएको छ । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भएको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै राजा शाहले हालको व्यवस्था कमजोर भएको बताउनु भएको हो ।

विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास हुनुपर्नेमा अहिलेको व्यवस्थामा जनताले चाहेजस्तो सार्थक नभएको उहाँको भनाई छ । उहाँले भन्नु भउकोछ,ं ‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो,’ ‘तर, दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ ? हामी जहाँ जहाँ जान्छौँ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ– आज कुरा धेरै काम थोरै भएको छ। देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो।’

जनताले खोजेको र सोचेकोजस्तो नहुँदा त्यस्तो पद्धति केही समय विकाउ भए पनि टिकाउ नहुने भन्दै राजा शाहले जनताले रोजेको, जनताले खोजेको र जनताले सोचे अनुसार नभए त्यस्तो पद्धति केही समयको विकाउ मात्र हुने उल्लेख गर्नुभयो।

राजा शाहले आफ्नो धर्म, कर्म, रीति रिवाज र संस्कृति प्रिय भएको भन्दै अरुको अगाडि लम्पसार भएर बाँच्दा नेपालीको अपमान हुने बताउनुभयो । उहाँले आफ्नो गौरव र गरिमा फिर्ता ल्याउन सोच्नुपर्ने बेला आएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘अब कसरी जाने , के कस्तो विधि व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजा रुपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ। अब सोचौं के गर्दा देशको राम्रो हुन्छ– अब सोचौं के नगर्दा देशलाई फाइदा हुन्छ। राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो चाहिन्छ। नेपालको पीरमर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ।’

347232661_625355132854877_4934979330748410611_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved