आममाफी पाएका रेशम चौधरीकी कान्छी श्रीमतीले दिईन् बधाईं

  • जेठ १५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका र आज आममाफी पाएर रहा भएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका पूर्वसांसद रेशमलाल चौधरीले बहुविवाह गरेको खुलेको छ।

आममाफी पाएर छुटेकै दिन उनीकी कँनछी श्रीमती आशा चौधरीले आफ्नो फेसबुकमा स्टाटसमा बधाई सहित स्वागत गरेपछि यो कुरा पुष्टि भएको हो ।

उनले रेशमसँग आफ्नी छोरीसहितको फोटो समेत राखेकी छन् ।

316945774_210335774773275_1364750281851040293_n

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

धनगढी उपमहानगरपालिका(६ स्थित जालीमा माइत रहेकी उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिला नै लगनगाठो कसेका थिए। अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्।

यस्तै रेशमकी जेठी पत्नी भने हालकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी हुन्। श्रेष्ठ आज कारागारमै दलबलसहित स्वागत गर्न गएकी थिइन्।

काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी रन्जिताले रेशमसँग अन्तरजातीय विवाह गरेकी हुन्। उनले रेशमको एक छोरा हुर्काइरहेकी छन्।


राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरीको बाजागाजासहित स्वागत गरिएको थियो।

२०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाई मात्रै माफी दिइएको हो। अन्य पाँच जना अहिले पनि कारागारमा छन्। बाँकी २९ जना फरार छन्।

थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।

348368350_677299890809773_8727879543660829349_n-585x1024

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved