काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले न्यूनतम ३ महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने जनाएका छन् ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले पोखरामा हवाई इन्धन भण्डार गृह र अमलेखगञ्जमा थप दुई इन्धन भण्डार गृह निर्माण सम्पन्न गरिने जनाए ।
अर्थमन्त्री महतले ‘वाटर फ्रम हिमालय’को नामले ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनिरल वाटर र प्रशोधित पानी निर्यात गर्न सहजीकरण गर्ने व्यवस्था मिलाइएको जनाए ।
उनले ३६ प्रकारका वस्तु निर्यातमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved