काठमाडौं । दोस्रो गण्डकी प्रदेश स्तरिय परम्परागत ताराखेल प्रतियोगितामा सुरु भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्ले गण्डकीमा बिभिन्न स्थानमा आयोजना गरेको खेल अन्तरगत मुस्ताङको थासाङ –३ लेतेमा बुधबारदेखि सुरु भएको हो ।
बिभिन्न तह तप्काका ब्यक्तिहरुका साथै खेलाडिहरुको सहभागितमा भएको उक्त खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले गरेका थिए ।
उद्घाटन कार्याक्रममा बोल्दै सांसद थकालीले गण्डकी प्रदेश खेलकुद परिषद्ले जुन तदारुकताकासाथ खेल क्षेत्रलाई अगाडि बढाएको छ त्यो युवा पुस्ताका लागि निकै फलदायी हुने बताए ।
परम्परागत तारा खेल परम्परागत खेल भएको भन्दै अहिले यो खेलमा जुन चासोको रुपमा अगाडि बढाइएको छ यसले स्थानीय खेलको जर्गेना हुनुका साथै यसले समाज र आफ्नो संस्कृतिमा थप आकर्षण बढ्दै जाने उल्लेख गरे ।
खेल बिहीबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved