गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको छ, - ओली

  • असार २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन्।

शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोध गरेर कुनै प्रतिफल हात नलाग्ने बताए।

‘गठबन्धन राम्रो काम गर्ने होइन एमालेको विरोध गर्नेतर्फ केन्द्रित भएको छ,त्यसमा पनि अझ बढी एमालेका अध्यक्षको विरोध गर्ने काममा लागेको छ। एमालेलाई जनताबाट कसरी अलग गर्न सकिन्छ भनेर भ्रम छर्न व्यस्त छ’, ओलीले भने, ‘यस्तोमा लागेर प्रतिफल कहाँ आउँछ र ?’

गठबन्धनले गरेको राजनीति वास्तविक राजनीति नभइ जनता अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै भएको ओलीको टिप्पणी छ।

एमाले राणा शासनको चाकडीबाट आएको पार्टी नभइ कामको मुल्यांकनका आधारबाट आएको पार्टी भएको भन्दै ओलीले क्षमताका आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी तोकिने बताए। गठबन्धनभित्र समाजवादी मोर्चा गठनको चर्चा चलिरहँदा ओलीले यसको औचित्यमाथि प्रश्न उठाए। 

सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी ,बाहिरका बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी मोर्चा बनाउने चर्चा भइरहेको छ। एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चाको कुरा ल्याइएको उनको तर्क छ।

‘समजावदी मोर्चा बनाउने किन ? त्यो बनाएर हुन्छ के रु चिनेकै मान्छे हुन्। सँगै हिँडिरहेकै छन्।’ ओलीले भने, ‘मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ, अनि के मोर्चा के नमोर्चा ! ’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved