काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगनकुमार थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् ।
सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो अहभिब्यक्ति दिएका हुन् ।
देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको भन्दै थापाले नेपाली काँग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा काँग्रेस दुर्घटनामा जाने उल्लेख गरे ।
नेपाली काँग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने भन्दै महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने र आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने समेत बताए ।
महामन्त्री थापाले सिङ्गो नेपाली काँग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको भन्दै काँग्रेसले आफूलाई बदलेन भने काँग्रेस काँग्रेस जस्तो नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved