काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्ष आफैँले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसद्मा ल्याउन पनि सरकारलाई दबाब दिए ।
विधेयकको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरूको कुनै आपत्ति नरहेको अध्यक्ष लिङ्देनको भनाई थियो । हामीले कुनै पनि नेपाली नागरिक जसका बाबुआमा नेपाली नागरिक छन् ।
उनले भनेका छन्, ‘हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौँ । हामीले प्रक्रियाका कुरा गरेका छौ । र, त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरू छन् । छलफल गरेर लैजाऊ भनेर भनेका छौँ । सत्तापक्ष, यदि नागरिकता विधेयकबारे इमानदार थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो । जहाँ गएर अड्किराखेको थियो । त्यसमा विवाद छ ।'
लिङ्दनेले भारतलाई तत्काललाई खुसी पार्नका लागि यो प्रमाणीकरण गरिएको दाबी गरे । ‘यो नागरिकता नपाएका मानिसहरू पनि खुसी हुन्छन् । आखिरी अदालत रोकिहाल्छ । कसै न कसैले उजुरी गरिहाल्छ । जानाजान गरेको विषय हो । यो चिज त हामीले भनेका छैनौँ । त्यसकारण यसलाई राजनीतिकरण गर्नु हुँदैन ।'
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved