कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजूको मृत्यु, मन्त्री र पीएसओको अवस्था गम्भीर

  • असार ५, २०८०
  • कालापानी मिडिया
alt

कैलाली । बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ ।


डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो ।

मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रीमती र भाउजूको मृत्यु भएको बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।

अहिले मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकप्टरले उद्धार गरिएको वडाध्यक्ष भण्डारीले बताए ।


‘पाँचजनालाई लिन आएको हेलिकप्टरले मन्त्रीज्यू, उहाँको पीएसो र चालकलाई मात्रै लिएर गयो ’, वडाध्यक्ष भण्डारीले भने ‘उहाँको श्रीमती र भाउजूको शव यही रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा राखिएको छ ।’

बझाङी सहायक सीडीओ सत्यकुमारी जोशीले पनि दुईजनाको मृत्यु भएको र मन्त्रीसहित तीन जनालाई हेलिकप्टरबाट उपचारका लागि लगिएको पुष्टि गरिन् ।

मन्त्री सिंह र पीएसओ भण्डारीको अवस्था गम्भीर छ । चालकको अवस्था भने मध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved