काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवबाट यस्तो धारणा आएको हो ।
समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले जिकिर गरे । मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नरहेको दाबी गरे । उनले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको प्रतिक्रिया समेत दिए ।
मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुन सक्ने भएपनि मोर्चा नै दलको रुपमा भने नआउने यादवले स्पष्ट । उनले साझा मुद्दामा मोर्चाले काम गर्ने पनि बताए ।
पत्रकार सम्मेलनका क्रममा यादवले असार १० गते पार्टीको विधान अधिवेशन सुरु हुने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved