रास्वपा सूर्यबिनायक–८ वडा कमिटिले वडा कार्यालयमा बुझायो ज्ञापन पत्र

  • असार ७, २०८०
  • कालापानी मिडिया
alt

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी‌ सूर्यबिनायक नगरपालिका वडा नं ८ को वडा कमिटिले सुर्यबिनायक नगरपालिका वडा नं। ८ का वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।

वडा कार्यालयमा वडा समितिका सभापति मुरारी बस्नेतको नेतृत्वले बिहीबार वडाध्यक्ष पुष्पराज बस्नेतलाई ज्ञापन पत्र बुझाएको हो ।

यस वडामा भएका र अब हुने विकास निर्माणका योजनाहरुमा मनपरी ढंगले अघि बढेको आरोप रास्वपाले लगाएको छ ।

सरकारी पर्ती जग्गा भूमाफियाले अतिक्रमण गर्दा समेत जगाको संरक्षण र दोषीलाई कारवाहीमा वेवास्ता गरेको वडा समितिका सभापति बस्नेतले आरोप लगाए । हालसम्म भएका विकासका गतिबिधिको लागतबारे समेत जानकारी गराउन रास्वपाले माग गरेको छ ।

स्थानीयले बिरोध गदौ गर्दै पनि सोको वेवास्ता गर्दै विगत लामो समयदेखि निरन्तर अनियमित रुपमा माटो, ढुंगा अवैध रुपमा ओसारपसार भैरहेको भन्दै सो को अनुमति वा कानुनी आधार भए सो को प्रति ट्रिप कति रुपैयाँमा अनुमति दिएको र हालसम्म कति राजस्व उठेको छ सो को जानकारी सार्वजनिक गर्न माग गरेको सभापति बस्नेतले बताए ।

यस्तै, डाँडापाखामा डोजर लगाएर प्राकृतिक सौन्दर्यता नै मासिने गरी अवैध रुपमा भैरहेको ढुंगा माटो कटानबाट भू–क्षय हुन गई बाढी पहिरो जस्ता प्रकोपले धन जन को क्षति हुन गएमा त्यसको जिम्मेवार कसले लिने भन्दै राजस्वाले वडाध्यक्षको ध्यानाकर्षण गराएको छ ।

खेलाडीले पटक पटक अनुरोध गर्दा पनि खेलकूदको विकासर कभर्ड हल निर्माणमा चासो नदेखाएको, विद्यालयमा राजनीतिकरण गरेको लगायत १९ बुँदे माग राखेको सभापति बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved