काठमाडौंः संघीय संसद्ले नयाँ अभ्यास थालनी गरेको छ।
प्रदेश सरकारका बहालवाला मन्त्रीको निधनमा संघीयसंसद्को तल्लो सदन प्रतिनिधिसभाले शोक प्रस्ताव पारितको अभ्यास थालेको हो ।
मंगलबार सवारी दुर्घटनामा दिवंगत भएका भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको हो। शोक प्रस्ताव पारितपछि बैठक स्थगित गरिएको थियो।
प्रदेश सरकारका मन्त्रीलाई प्रतिनिधि सभा सदस्यसरह मान्यता दिएर शोक प्रस्ताव पारित गर्ने सहमति कार्यव्यवस्थामा भएको थियो। सोही अनुसार शोक प्रस्ताव पारित गरेर दोस्रो बैठकमा मात्र नियमित कार्यसूचीमा बैठक प्रवेश गरेको हो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved