काठमाडौँ । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई राहत पुग्ने गरी अन्तरिम आदेश जारी गरेको छ ।
चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको नाममा यस सम्बन्धमा कारण देखाउन आदेश समेत जारी गरेको छ ।
काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै बुधवार सर्वोच्च अदालत पुगेका थिए ।
बुधवार दर्ता भएको रिट बिहीबारकै पेसीमा चढेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved