२०६२/०६३ पछिको परिवर्तनले जनतालाई राहत दिन सकेनः कमल थापा

  • असार ७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/०६३ पछिको परिवर्तनले जनतालाई राहत दिन नसकेको बताएका छन् ।

पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै थापाले मुलुक उल्टो संकटको चक्रव्यूहमा फसेको भन्दै यस्तो बताएका हुन् ।

विगतका त्रुटि कमजोरी सच्याउँदै राप्रपा नेपाललाई पुनर्जागृत गरेको भन्दै उनले १७ वर्षदेखि राजनीतिक वर्चस्व जमाएर ठुला भन्ने दलहरुले मुलुकमा बेथिति ,विसङ्गति, कुशासन र ब्रम्हलुट मच्चाएको भन्दै थापाले मुलुकको स्वाधीनता कमजोर बनाउने ,अर्थतन्त्र धराशायी पार्ने , बेरोजगारी र भ्रष्टाचारको दलदलमा देशलाई फसाउने र धर्म परिवर्तनको डढेलो लगाउनेहरूले मुलुकलाई स्थिरता दिन नसक्ने पनि दाबी गरे ।

शक्ति,स्वार्थ र अवसरको बाटो सजिलो हुने तर निष्ठा,आदर्श र त्यागको मार्ग कठिन हुने भन्दै थापाले इमानदारीका साथ निष्ठाका बाटो हिँड्नेहरु गन्तव्यमा पुग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved