राप्रपा सांसद शाही र दक्षिण अष्ट्रेलियाका पूर्वसभामुखबीच भेटवार्ता

  • असार ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाही र दक्षिण अष्ट्रेलियाका पूर्वसभामुखबीच भेटवार्ता भएको छ ।

असार ७ देखि अष्ट्रेलिया भ्रमणमा रहेका उनले एडिलेडस्थित संसद भवनमा लिवरल पार्टीका तर्फबाट विधान परिषद् सदस्य जिङ्ग ली र लेवर पार्टीका पूर्व अध्यक्ष, विधान परिषद सदस्य रसेल वर्ट्लीबीच भेटवार्ता गरेका हुन् ।

भेटघाटमा शाहीले १९६० मा तत्कालीन राजा महेन्द्र र १९८५ मा राजा वीरेन्द्रले अष्ट्रेलियाको भ्रमणपछि दुई देशबीचको सम्बन्धनमा आयाम थपिएको बताए ।

नेपाली विद्यार्थीको वृद्वि विकास, शिक्षा र सीप विकासको लागि अष्ट्रेलियाले प्रदान गरेको अवसरप्रति उनले आभार व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved