ग्यासको आपूर्ति सहज गर्न रिटेल काउन्टर खोलिदै

  • चैत्र ९, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं-सरकारले ग्यास आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न उद्योगलाई निर्देशन दिएको छ। त्यही निर्देशन अनुसार काठमाडौंमा बिक्री हुने १७ उद्योगले ग्यास बिक्री गर्नेछन्।

अत्यावश्यक सेवा भित्र पर्ने ग्यास नपाएर उपभोक्ता समस्यामा नपरुन भनेर रिटेल काउन्टर खोल्न सरकारले निर्देशन दिएको हो। यो निर्देशनपछि नेपाल आयल निगम र ग्यास उद्योग संघबीच शनिवार छलफल भएको थियो। छलफलपछि संघले विज्ञप्तिमार्फत काठमाडौंका विभिन्न बिक्रेतामार्फत ग्यास बिक्री गर्ने उल्लेख गरेका छन्।

सरकारले अत्यावश्यक सेवा वाहेक अरु बन्द गर्ने निर्णयसँगै कतिपय काठमाडौं बाहिरका नागरिक आफ्नो घर गइसकेका छन्। त्यस्तो अवस्थामा उपभोक्ताले अत्यावश्यक सेवा नपाउने अवस्था सिर्जना नहोस् भनेर यो व्यवस्था गरेको हो। उपभोक्ताको तत्काल आवश्यकता पूरा गर्नका लागि काउन्टर खोलेर ग्यास बिक्री गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए।

‘अत्यावश्यक वस्तुको रुपमा रहेको ग्यास नपाएर कुनैपनि उपभोक्ता समस्यामा पर्न हुँदैन भनेर हामीले रिटेल काउन्टरको प्रस्ताव गरेका थियौँ’, उनले भने, ‘उद्योगीहरुले काउन्टर खोल्न तयार हुनुभएको छ। यो व्यवस्थाले उपभोक्तालाई राहत दिनेछ।’

कोरोना भाइरसको संक्रमणको त्राससँगै उपभोक्ताले चाहिने भन्दा बढी स्टक राख्दा बजारमा ग्यास अभाव भएको छ। एकै व्यक्तिले धेरै सिलिण्डर स्टक राख्दा सामान्य नागरिकले ग्यास नपाएर समस्या भएपछि सरकारले यो व्यवस्था गरेको हो। संघका अध्यक्ष गोकुल भण्डारीले सरकारले उपभोक्तालाई ग्यास दिने प्रबन्ध गर्न काउन्टर खोल्न आग्रह गरेको बताउँदै त्यसलाई सहयोग पुयाउन आइतवारदेखि काठमाडौंका विभिन्न स्थानमा ग्यास बिक्री थालिने जानकारी दिए।

‘हामीले बिक्रेतामार्फत नै ग्यास बिक्री गर्ने हो। हामीले छुट्टै आउटलेट खडा गर्ने होइन। यो व्यवस्था केही समयका लागि खडा भएको संयन्त्र हो’, उनले भने, ‘यो व्यवस्थाले ग्यास नपाएर विभिन्न स्थानमा उपभोक्ता भौतारिने अवस्थाको अन्त्य हुनेछ।’

यो व्यवस्थाप्रति ग्यास बिक्रेता महासंघ सहमत नै भएको छ। सुरुवातमा उद्योगबाटै ग्यास बिक्री गर्ने तयारीप्रति महासंघले विरोध जनाएको थियो।

नाकाबन्दीको समयमा नेशनल ट्रेडिङमा विभिन्न कम्पनीको ग्यास बिक्री गर्दा वास्तविक उपभोक्ताले भन्दा कालोबजारी गर्नेले लाभ पाएका थिए। त्यो व्यवस्था कार्यान्वयनमा ल्याए उद्योगी र निगमलाई कालोबजारीको अपजस खेप्नुपर्ने महासंघले चेतावनी दिएको थियो। त्यो चेतावनीपछि संघले बिक्रेतामार्फतनै बिक्री गर्ने योजना सार्वजनिक गरेको हो।

संघका अध्यक्ष महेश्वर श्रेष्ठले संकटका बेलामा ग्यास आपूर्ति प्रभावित नहोस् भन्न गरिएको व्यवस्थालाई सकारात्मक रुपमा लिएको बताए।

‘नाकाबन्दीको समयमा पनि नेशनल ट्रेडिङमार्फत ग्यास बिक्री गर्न खोजियो। तर, त्यसमा केही व्यक्तिले कालोबजारी गर्ने थलोको रुपमा विकास भएपछि तत्कालै स्थगन गर्ने काम भयो। त्यही भएर हामीले उद्योगबाट ग्यास बेच्ने निर्णयको विरोध गरेका थियौँ’, उनले भने, ‘संघले परिमार्जन गरेर बिक्रेतालाई नै रिटेल काउन्टर खोल्ने निर्णयलाई हामीले सकारात्मक रुपमा लिएका छौँ।’

श्रेष्ठले अहिले बिक्रेताले इमान्दारपूर्वक ग्यास बिक्री गरिरहेको बताउँदै उपभोक्ताले बढी भण्डारण गर्दा समस्या भएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved