कञ्चनपुरको भीमदत्त नगरपालिकाद्धारा १ अर्ब ८१ करोड ३५ लाख बराबरको बजेट सार्वजनिक

  • असार १०, २०८०
  • कालापानी मिडिया
alt

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष ०८०÷८१ का लागि १ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार १३ औं नगरसभाबाट उक्त बजेट ल्याएको हो ।

भीमदत्त नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएको छ। नगरपालिकाले ‘एक वडा एक उत्पादन’, ‘हाम्रो उपज, हाम्रै प्रयोग’ लगायतका नारासहित कृषिजन्य सामग्री भण्डारणसँगै कोल्डस्टोर निर्माण लगायतका योजना अघि सारेको छ।

‘समृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच, वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ नारासहित शिक्षा र स्वास्थ्य लगायत विकास निर्माणका विभिन्न योजनाहरु अघि सारिएका छन्। एक वडा एक उत्पादन, छाडा चौपाया व्यवस्थापन लगायतका योजना अघि सारिएका छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘हाम्रो विद्यालय उत्कृष्ट विद्यालय’को नारा अघि सारिएको छ। सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम, योग शिक्षा तथा व्यवहारिक एवं व्यावसायिक शिक्षामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved