तस्बिर - एजेन्सी
चीनमा तीन दिने ड्रागन बोट फेस्टिबल बिदामा १० करोड ६० लाख आन्तरिक पर्यटकले भ्रमण गरेका छन् ।
यो सङ्ख्या गएको वर्षको यही अवधिको तुलनामा ३२ दशमलव ३ प्रतिशतले बढी रहेको त्यहाँको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
बिहीवारदेखि शनिवारसम्म चल्ने बिदाको अवधिमा पर्यटन राजस्व ३७/३१ अर्ब युआन (झन्डै ५/२ अर्ब अमेरिकी डलर) पुगेको छ । यसबाट राजस्व वृद्धि वार्षिकरूपमा ४४ दशमलव ५ प्रतिशतले बढेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved