काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ।
पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ।
क्रियाशील सदस्यता नवीकरणका लागि केही जिल्लाका क्षेत्रहरूमा फारमसमेत पठाइसकिएको छ।
अनलाइनबाट भरेको फारम वडादेखि केन्द्रसम्मका ७ तहमध्ये पार्टीको कुनै एक तह समितिले स्वीकार्छ र सदस्यता दिन्छ।
वडा, गाउँपालिका, प्रदेश र संघ क्षेत्रीय समिति, जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय कार्यसमिति गरी सात तहमा संगठन संरचना छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved