'पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा राख्नुपर्छ'

  • असार १२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । कांग्रेस सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छन् ।

सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी हुन् ।

एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भत्सर्ना गर्दै उनले पशुपतिनाथको मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरु बाहिर आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग समेत गरिन् ।

उनले भनेकी छन्, ‘भाङग्रा ओढी बाघको छाला बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि । नत भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुपनै दर्शन गर्न पाईने हुन्छ कि । आराध्यदेव पशुपतिनाथलाई जथाभावी विवादमा ल्याएर सारा हिन्दुहरुको भावनामा चोट पुग्ने काम भएको छ सभामुख महोदय । गर्भ गृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता हाम्रो परम्परा छ । धर्मको नाममा नौटंकी बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनि म आग्रह गर्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved