काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आजकल गुरु कुट्ने संस्कृति बढेको उल्लेख गरेका छन् ।
मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै ओलीले संस्कृति, शिष्टता र विनम्रता हराउँदै गएको र गुरुहरुमाथि नै जाइलाग्न थालेको बताए ।
उनले भनेका छन्, ‘आज गुरु कुट्ने संस्कृति बढेको छ, यो बडा दुखद कुरा हो यो’, अध्यक्ष ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरुको ढाड खुस्काउने, टाउको फुटाउने र करङ भाँचिदिएर बहादुरी देखाउने काम भइरहेको बताए ।
‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार’, ओलीले भने, ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन् । नाम विद्यार्थीको हुन्छ तर ती विद्यार्थी होइनन् । बाहिर सडकका औजार हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्दछ । संस्कृति, शिष्टता र विनम्रता अरूका लागि होइन ।’ उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved