गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ मा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जंगबहादुर बरामको निर्माणाधीन धन्सार भत्किंदा उनकी श्रीमती ४१ वर्षीय मिना बरामको मृत्यु भएको हो ।
‘निर्माणाधीन धन्सारको तला छाप्ने क्रममा एक्कासी भत्किएर उनीहरु च्यापिएको र उपचारका क्रममा मिनाको मृत्यु भएको बताइएको छ ।
धन्सार भत्किंदा जंगबहादुरका छोरा २१ वर्षीय सुजन बराम र काम गर्न गएका छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् ।
गम्भीर घाइते भएका रामकृष्णलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको कम्मरमुनिको भाग ढुङ्गाले च्यापेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved