काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको का प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा महामन्त्रीद्वयलाई दिइएको क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको उनले भेलालाई जानकारी गराए । जिल्ला सभापतिहरुलाई केन्द्रीय कार्यालयमा बोलाएर सदस्यतालाई अनलाइनबाट वितरण गर्ने प्रणालीबारे प्राविधिक सहयोगीहरुको प्रस्तुतिसहित जानकारी गराएको उनले बताए ।
महाधिवेशनको संघारमा मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने प्रचलनले अप्ठ्यारो परेकोमा अब नियमित रुपमा नवीकरण गर्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए ।
भेलामा ६० जना भौतिक रुपमा र बाँकी जुममार्फत भर्चुअल्ली सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved