काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिक गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
नतिजा सार्वजनिक गर्नुअघि बोर्ड बैठक बसेको थियो । २०७९ सालको एसईईमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा वेबसाइट, एसएमएस र आइभिआर प्रविधिबाट हेर्न सकिन्छ ।
बोर्डले वेबसाइट, एसमएमएस र आइभिआर प्रविधिबाट नजिजा हेर्ने सुविधा प्रदान गर्नको लागि विभिन्न १९ वटा संस्थालाई अनुमति दिएको छ ।
जसमध्ये १४ वटाले वेबसाइटबाट नतिजा हेर्ने सुविधा प्रदान गर्नेछन् भने ५ वटाले एसएमएस र आइभिआर सेवामार्फत् नतिजा हेर्ने सुविधा प्रदान गर्नेछन् ।
एसईईको परीक्षा दिएर बसेका विद्यार्थीहरुले आफ्नो अनुकुलतामा निम्न साइट तथा माध्यमको प्रयोग गरेर आफ्नो नतिजा प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved