काठमाडौं । युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले दिने निर्णय सही नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा पुगेर युवा संघले ध्यानाकर्षण पत्र बुझाएको हो ।
पूर्वाधारले सक्षम नेपालका ठूला अस्पतालहरूमा उच्च पदस्थ व्यक्तिहरूले उपचार गर्न हिच्किचाउने अवस्था कसरी सिर्जना भयो भन्दै स्वास्थ्यमन्त्री बस्नेतलाई प्रश्न समेत युवा संघले गरेको छ ।
यस्तै हरेक स्थानीय तहको स्वास्थ्य चौकीमा एकजना एमबीबीएस डाक्टर दरबन्दीको व्यवस्था अनिवार्य कार्यान्वयन गर्न पनि माग गरिएको छ ।
एक स्थानीय तह एक अस्पताल निर्माणको काममा ढिलासुस्ती भएकाले तत्काल निर्माणको काम सुचारु गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।
एमबीबीएस, एमडी, एमस, नर्सिङ लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक अर्बौँ रकम बाहिरिएकोप्रति पनि युवा संघले चिन्ता व्यक्त गरेको छ । यसको रोकथामका लागि नेपालमा नै पर्याप्त चिकित्सा शिक्षालय सञ्चालन गर्न माग गरिएको छ ।
सरकारी अस्पतालबाट सर्वसाधारणहरूलाई निजी अस्पताल रिफर गर्ने परम्परा अन्त्य गर्नपनि माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved