कञ्चनपुरमा प्रकाशित पत्रिका बन्द गर्न आव्हान, बतासे झर्ना जान पनि नपाइने

  • चैत १०, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आव्हान गरेको छ। महासंघका अध्यक्ष विष्णु अवस्थीले आज प्रेस विज्ञप्ती जारी गरेर कोरोना भाइरसको महामारीबाट बच्न सो आव्हान गरेको हो।

पत्रिका प्रकाशनमा कागजको अभाव, छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आव्हान गरिएको हो। पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेण्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न अध्यक्ष अवस्थीले सबै पत्रकारलाई अनुरोध गरेका छन्।

“माइक्रोफोनमा बोल्दाखेरी थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफुतिर फर्काएर बोल्दा अन्तर्वाता लिने सञ्चारकर्मी पनि जोखिममा पर्नसक्ने भएकाले भिडभाड नगरी टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न रेडियोकर्मी लगायतका पत्रकारलाई अनुरोध गर्दछु”, विज्ञप्तीमा भनिएको छ।

बतासे झर्ना जान निषेध
शुक्लाफाँटा नगरपालिका क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र बतासे झर्ना जान निषेध गरिएको छ। कोरोना भाइरसको संक्रमणलाई मध्यजनर गर्दै आजदेखि सो पर्यटकीय क्षेत्रमा जान निषेध गरिएको हो।

जिल्लाका मुख्य बजारहरु बन्द गरिएपछि परिवारसहित बतासे झर्ना पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेपछि सम्भावित संक्रमण रोक्न उक्त क्षेत्र जान निषेध गरिएको वडा अध्यक्ष बहादुर महराले बताए।(रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved