काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्लादेशले बराबरी खेलेका छन् ।
ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज बिहीवार भएको खेलमा नेपाल र बङ्गलादेशले १–१ गोलको बराबरी खेले । बङ्गलादेशकी सबिना खातुनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको थिइन् । तर नेपालकी सावित्रा भण्डारीले थपिएको ४ मिनेटको इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई बराबरीको अवस्थामा ल्याइन् ।
गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्लादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् । पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन ।
नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved