प्रधानमन्त्री कप राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको फाइनल सम्भावना बलियो

  • असार २८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबको महिला टोलीले प्रधानमन्त्री कप राष्ट्रिय भलिबलको फाइनल सम्भावना बलियो बनाएको छ ।

आज बिहीवार भएको खेलमा न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ फाइनल नजिकै पुगेको हो । अब न्यु डायमन्डले भोलि शुक्रवार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराएमा मात्रै फाइनलको सम्भावना रहनेछ । नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ । महिलातर्फ आजै भएको अर्को खेलमा एभरेस्ट क्लबले त्रिभुवन आर्मी क्लबलाई हरायो ।

यस्तै पुरुषतर्फ एपीएफ क्लबलाई हेल्प नेपाल क्लबले ३–२ को सेटमा हरायो । दुवै टोलीको फाइलन सम्भावना उच्च छ । आजै भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हरायो ।

भोलि एपीएफलाई हराएमा पुलिस फाइनलमा पुग्नेछ । यस्तै आर्मीले हेल्प नेपालसँग खेल्नेछ । आजै भएको खेलमा गण्डकीले शैलुङ बाङ्गेमुढालाई ३–२ को सेटमा हराएको छ । दुवै टोली फाइलन प्रवेशको दौडबाट बाहिरिएका छन् । महिलातर्फ एपीएफको फाइनल सम्भावना बलियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved