न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढ्छ - मन्त्री गुरुङ

  • असार २८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं स् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधयेक, २०८० को कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विभिन्न अदालतमा रिक्त रहेको न्यायाधीश पदमा नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताए।

‘विभिन्न अदालतमा न्यायाधीश पद रिक्त छ, नियुक्ति प्रक्रिया लागि चाँडै अघि बढाइनेछ,’ मन्त्री गुरुङले भने, ‘न्याय परिषद्को सदस्यको भएकाले छिट्टै त्यो काम अघि बढाउनेछु।’ मन्त्री गुरुङले नेपालको संविधान जारी भएपछि सङ्घीयता कार्यान्वयनका लागि कानुनको अध्ययन, पहिचान र अध्ययन गरिरहेको जानकारी सदनलाई दिँदै केही नेपाल ऐन संशोधनमार्फत दुई सयभन्दा बढी कानुन निर्माण गरिसकेको जानकारी दिए।

‘मौलिक हकका कानुनको पनि निर्माण भइसकेको छ, संविधान जारी भइसकेपछि १९१ ऐन जारी भइसकेका छन्,’ उनले भने, ‘मौलिक हक कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनिसकेका छन्, दुईवटा नियमावली मात्र बन्न बाँकी छ, त्यो बन्ने प्रक्रियामा छ।’

मन्त्री गुरुङले न्यायलाई जनतासँग जोड्नकै लागि स्थानीय तहमा न्यायिक समिति निर्माण गरिएको र सरकार सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने र अन्य कानुन जिम्मेवार भएर कानुन निर्माण गरिरहेको बताए।

कानुन मन्त्रालयका विषयमा सांसदहरू भगवती न्यौपाने र दिलकुमारी थापा पार्वतीलगायतले कानुन बनाउने प्रक्रियामा ढिलाइ भएको र विधेयक मस्यौदामा गर्न धेरै समय लगाएको तथा संविधान अनुकूलका कानुन अझै बन्न नसकेको विषयमा प्रश्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved