आरोहण शाह
वीरगञ्ज ११ चैत : सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । तर वीरगञ्जमा बजार बन्द हुदा पनि मानिसहरुको चहलपहल थोरै मात्रमा भईरहेको छ ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार देशभरि बिहानैदेखि लकडाउन सुरु भएपनि वीरगञ्जमा मानिसहरुको चहलपहलमा कमि आएको छैन ।
सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् तर अहिले पर्साको ग्रामिन क्षेत्रमा मोटरसाइक थोरै मात्रमा चलिराहेको छ ।
वीरगञ्ज क्षेत्रमा पसलहरु बन्द भएपनि मानिसहरु हिडदै छन । यता वीरगञ्ज भन्सार पनि सुनसान बनेको छ । सिमा मा सुरक्षाकर्मी काडा बनाइएको छ ।
यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved