काठमाडौं । नेकपा एमालेले पञ्चायत ढलेपछिको तीन वर्षको अन्तरालमा आफू कम्तिमा ५० पटक पक्राउ परेको बताएका छन् ।
मानव अधिकार एलायन्सको कार्यक्रमलाई सम्बोधन गर्दै मनमोहनदेखि वामदेव गौतमसम्म कुटिएको स्मरण गर्दै आफु मात्रै ५० पटक पक्राउ परेको बताएका हुन् ।
उनले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ । कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ । कम्तिमा ५० पटक । शान्तिपूर्ण जुलुसमा सडकमा देखिन नहुने आयो च्याप्प समायो भ्यानमा कोचकाच पारेर लगिहाल्छ । मनमोहन अधिकारी पिटिनुभयो । वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा । अरु नेता पिटिनुभयो ।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved