काठमाडौं। यूरोपमा रोजगारीका लागि पठाई दिने भन्दै करोडौं असुल गर्दै एक समूह फरार भएको छ ।
नयाँ बानेश्वरमा एक कन्सल्टेन्सी खोलेर रोमानिया, पाराग्वे, सर्बिया, माल्टा, पोर्चुगल लगायतका देशमा रोजगारीका लागि पठाई दिने भन्दै २ करोड ५८ लाख भन्दा बढी ठगी गरेर गिरोह फरार भएको हो ।
बानेश्वरमा एक घर भाडामा लिएर कनेक्टियर बर्ड कन्सल्टेन्सी खोलेका अजित तामाङ, सागर कुमाल लगायतका व्यक्तिहरू फरार भएको बताइएको छ ।
उनीहरूकै समूहकी कमलादेवी सुवेदी भने यतिबेला पुपक्र्षका लागि थुनामा छिन् ।
वैदेशिक रोजगार विभागको पत्रको आधारमा प्रहरीले उनीहरूविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved