रुपन्देही । सोमबार रातिदेखिको झरीपछि आएको पहिरोले बुटवल(तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङ प्वाइन्ट पुरेको छ ।
भर्खरै खन्न सुरू गरिएको सुरुङ मार्गको सिद्धबाबातर्फको मूल प्रवेशद्वार पहिरोले भत्काएको हो ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो ।
मध्यवर्षामा नेपाली प्राविधिकरुले ढलान गर्न नहुने सुझावविपरीत परियोजनाले ४ दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको थियो । एक हजार १२६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीब्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ ।
सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिरोले भत्काएपछि र पाल्पातर्फको रिपलाई यसअघिको पहिरोले पुरेपछि आयोजनाको खर्च बढेको छ । स्थानीयका अनुसार सुरुङको प्रस्थान विन्दुको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ ।
सुरुङमार्गको विस्तृत परियोजना तयार नहुँदै ठेकेदारले काम थालेको थियो । तिनाउ गाउँपालिका(२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारहरुले काम गरेपनि अहिले रोकिएको थियो ।
सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्ष अघि ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved