एमालेको अवरोधका कारण राष्ट्रियसभा स्थगित

  • साउन २२, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ। राष्ट्रियसभाको अर्को बैठक साउन २४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए। उनले सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताइन्।

उनले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद निरन्तर रूपमा अवरुद्ध रहने बताइन्। अध्यक्ष तिमल्सिनाले संसद बैठकमा अवरोध संचालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरूले उठेर अवरोध कयमा राखे।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ। एमालेको अवरोधपछि स्थगित भएको बैठक यसअघि दुई पटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved