हेलमण्ड नदीको पानी बाँडफाँडले चर्कियो इरान र अफगानिस्तानबीच विवाद

  • साउन २३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । लामो समयको सुख्खाका कारण प्रभावित इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडलाई लिएर विवाद चर्किएको छ। सीमाबाट बग्ने हेलमण्ड नदीको पानी बाँडफाँड न्यायिक नभएको भन्दै तालिबान सरकारले नदीको बाँधमा आफ्ना लडाकु परिचालन गरेपछि दुई देशबीच द्वन्द्व चर्किएको हो।

इरानले सबै पानी अफगानिस्तानले लगेर आफ्नो भागमा ४ प्रतिशत पानीमात्रै छोडेको र नहर सुख्खा भइसकेको बताएको छ । इरानी राष्ट्रपति इब्राहिम रईसीले गत मे महिनामा तालिबान सरकारलाई पानी सम्बन्धी सम्झौता सम्मान नगरे खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए। त्यसको एक हप्तामै तालिबानले सीमा क्षेत्रमा गोली चलाएको थियो, जसमा दुई इरानी गार्ड तथा एक तालिबानी लडाकुको मृत्यु भएको थियो।

यो घटनापछि तनावग्रस्त हेलमण्डको पानी बाँडफाँड हुने बाँधमा तालिबानले हजारौँ सैनिकसहित आत्मघाती आक्रमणकारी परिचालन गरेको इरानको आरोप छ। इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडका लागि सन् १९७३ मा सम्झौता भएको थियो। दुवै पक्षले सम्झौता पालना नगरेको आरोप एक–अर्कालाई लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved