काठमाडौं । प्राविधिक चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐनको कारण नर्सिङ कलेजहरु बन्द भएको भन्दै धर्ना दिएको छ । समितिले नर्सिङ कलेजहरु बन्द भएपछि गोविन्द केसी र चिकित्सा शिक्षा ऐनबिरुद्ध माइतीघरमा धर्ना दिएको हो ।
समितिको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज शान्तिपूर्ण धर्ना दिएको समितिका संयोजक निर्मल सापकोटाले बताए । समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
सोहीआन्दोलको कार्यक्रमको घोषणा अनुसार आज विहान ९ बजेदेखि धर्ना दिएको उनले बताए । थप कार्यक्रमको घोषणा नहुँदासम्म हरेक दिन धर्नाको समय १ घण्टा थप गर्दै जाने उनको भनाइ छ । धर्नामा सहभागी नर्सिङ कलेज सञ्चालकहरुले एमसीइ गर्दैद्ध भ्रमको खेती युवा विदेशमा बेची, नेपालमा पढ्दा चिकित्सा ऐन विदेशमा पढ्दा मन बेचैन, गरिखान , विदेशी भर्ना तारे होटलमा नेपालमा भर्ना १० महिना, विद्यार्थी बेच्ने चिकित्सा शिक्षा ऐन चाहिँदैन लगायतको प्लेकार्ड बोकेका थिए ।
पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरिएको समितिका संयोजक निर्मल सापकोटाले बताए । देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत भोलि २८ गते सबै शिक्षण संस्था बन्द गरी कलेज सञ्चालकहरु, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको र्याली गर्ने कार्यक्रम रहेको छ ।
चिकित्सा शिक्षा ऐनले बन्द भएका कलेजहरु खुल्नुपर्ने उनीहरुको माग छ । चिकित्सा शिक्षा ऐनका कारण सीटीईभीटीअन्तर्गत सञ्चालित प्रि(डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ र स्टाफ नर्सतर्फका ७३ वटा शैक्षिक संस्था बन्द भएका छन् । त्यस्तै विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बीएन पढाइ हुने १० र बीएस्सी नर्सिङ पढाइने ८ गरी २२८ वटा शिक्षण संस्थाहरु बन्द भएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved