प्राविधिक विषयमा विद्यार्थीको गहिरो रुचि हुनु सुखद - बालेन साह

  • साउन २७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको भन्दै त्यो महानगरको लागि शिक्षालाई समयानुकूल परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स),ड्रोन टेक्नोलोजी र कोडिङ विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरू सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी गराएका छन् ।

उनले आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत पद्मोदय माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई महानगरले प्राविधिक विषयमा अभिमुखीकरण गराएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृत्रिम बौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।’

त्यस्तै उनले महानगरले विद्यार्थीको रुचीको आधारमा ‘बुक फ्रि फ्राइडे’ (शुक्रबार) का दिन प्राविधिक सिकाइको विषयलाई पनि समावेश गरेर कक्षा चलाउने जानकारी दिए । उनले अहिलेको समयानुसारको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक परीक्षण र प्रयोग गर्दै सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने उल्लेख गरेका छन् ।

‘यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ । अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरूलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीलाई पुस्तकमा भएको सिद्धान्त ९थ्यौरी० लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ,’ बालेनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved