ललिता निवास प्रकरण : गुरुङ र देउजाका तर्फबाट वकीलले गरे थुनछेक बहस

  • भदौ १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस जारी छ। आज दुई प्रतिवादीका तर्फबाट थुनछेक बहस भएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ।

अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा आज डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन प्रमुख कलाधर देउजा र भाटभटेनीका संचालक मीनबहादुर गुरुङका तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए।

देउजाको तर्फबाट ४ जनाले बहस गरेका र गुरुङका तर्फबाट ७ जना वकीलले बहस गर्न नाम टिपाएका थिए। देउजाका तर्फबाट आज बहस सकिए पनि गुरुङ पक्षका वकीलको बहस बाँकी छ।

अधिवक्ता सविना शाक्य, केदार गुरागाईं, वरिष्ठ अधिवक्ता हर्क भट्टराई र बाबुराम गिरीले देउजाको पक्षबाट बहस गरेका थिए।​ मीनबहादुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, शम्भु थापा, शरद कोइराला, कोमल प्रकाश घिमिरे, अधिवक्ता मणि आचार्य, ललित बस्नेत र शम्भु पोखरेलले बहस गर्न नाम राखेका छन्। केहीले भने बहस गरे।

ललिता निवास प्रकरणमा अहिलेसम्म ४ जना प्रतिवादीको तर्फबाट थुनछेक बहस सकिएको छ। उक्त मुद्दामा १८ जना थुनामा छन्। केही थुना बाहिरै बसेर मुद्दा खेपिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved