नागरिकता खारेजीको माग गर्दै प्रशासनमा उजुरी

  • भदौ १९, २०८०
  • कालापानी मिडिया
alt


रौतहट । फर्जी कागजात पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ।

जिल्लाको वृन्दावन नगरपालिकाबाट एक जना भारतीय नागरिकले फर्जी कागजात पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको हो।

वृन्दावन नगरपालिका वडा नं.६ सखुवाह धमौराबाट भारतीय नागरिक मोहमद तैयवले नेपाली नागरिकता लिएको भन्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएका हुन्। भारतीय नागरिकले झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएको भन्दै स्थानीय मोबारक मियाँ कवाडीले जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा उजुरी दर्ता गराएका छन्।

भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्ला ग्राम जुवाफर वडा नं—१ मा स्थायी बसोवास भएका रजक मियाँको छोरा वर्ष ४१ को मोहमद तैयवले झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो।

२०६४ साल वैशाख १४ गते गाउँमा खटिएको टोली प्रमुख नवराज चापागाँईले तैयवलाई नेपाली नागरिकता दिएको देखिन्छ। उनले नेपाली नागरिकता लिएको भए पनि हाल उनीसँग भारतीय नागरिकतासँगै भारतको रासन कार्ड र भोटिङ आईडी सबै रहेको उजुरीमा उल्लेख छ।

उनको मात्र नभएर उनकी श्रीमती र बाबुसमेत भारतीय नागरिक रहेको र उनीमाथि हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले तैयवको नागरिकताको बिषयमा छानबिन सुरु गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा ज्ञानेन्द्र शाह ...

काठमाडौं- राजा ज्ञानेन्द्र शाहले मंगलबार बझाङमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर ...

बझाङमा ६.३ म्याग्निच ...

काठमाडौं। मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा प्रहरी कार्यालय र स्कुलका भवनसहित केही घर भत्किएका छन् ...

दशैं कुनै जात विशेषक ...

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दशैंबारे भ्रम नफैलाउन आग्रह गरेका छन् । उनले पाथीभरा म ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved