जनता कर्फयु उलंघन गरेको भन्दै ३ सय ५० सवारी नियन्त्रणमा

  • चैत ११, २०७६
  • कालापानी मिडिया
alt

दाङ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार जनता कर्फ्युको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक(डाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिपर १० वटा, अटो १० वटा, टेक्टर सात वटा र एउटा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन्।
कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लक(डाउनमा अटेर गरी चलेका सवारीसाधनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी खड्काले बताए। उनका अनुसार सबैभन्दा धेरै सवारीसाधन तुलसीपुरमा पक्राउ परेका छन्। तुलसीपुरमा इलाका प्रशासन कार्यालयले एक सय ८७ वटा सवारीसाधन पक्राउ गरेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय दाङले २४ वटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३२ वटा, वडा प्रहरी कार्यालय लमहीले ४८ वटा, इलाका प्रहरी कार्यालय नारायणपुरले २१ वटा, वडा प्रहरी कार्यालय घोराहीले १८ वटा, इलाका प्रहरी कार्यालय भालुबाङले १२ वटा, प्रहरी चौकी दुईखोलीले ५ र कमिरेचोरले ३ वटा सवारीसाधन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्लामा एम्बुलेन्स, पानी, फोहोर बोक्ने सवारीसाधन सञ्चालनसँगै औषधी, डेरी, खाद्यन्नलगायतका पसलहरू खुला रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved