पार्टीलाई कार्ययोजना र कार्यतालिका अनुरूप नै चलाउनुपर्नेमा शेखर समूहको जोड

  • असोज २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप नै चलाउनुपर्नेमा जोड दिएको छ ।

आज मङ्गलवार बालुवाटारमा बसेको कोइराला पक्षधर नेताहरूको बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप चलाउनुपर्नेमा जोड दिएको हो । यही असोज ४ गतेदेखि हुने कांग्रेस केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेन्डा तय गर्न बसेको बैठकले कार्यतालिकाअनुसार साङ्गठनिक गतिविधि भएरनभएको समीक्षा गर्दै त्यो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रीय समिति बैठकको एजेन्डाको विषयमा छलफल केन्द्रित भएको बताए । उनले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध गर्न नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरूको मत रहेको बताए।

उनले भने, ‘साङ्गठनिक रूपमा कार्यतालिका र कार्ययोजनाअनुसार पार्टी अगाडि बढिरहेको छ । एक चरणको कार्यक्रम पूरा भइसकेको छ । अब यसको समीक्षा गर्नुपर्छ र कार्यतालिका र कार्ययोजनालाई निरन्तर रूपमा अगाडि बढाउनुपर्छ । त्यसले नै पार्टीलाई चलायमान बनाउँछ । सबै संरचनालाई चलायमान बनाउनुपर्छ, त्यसलाई कुनै किसिमले अवरुद्ध गर्न दिनु हुँदैन । नीति अधिवेशनको रूपमा महासमिति बैठक बोलाउने कुरा गरेका छौँ । महासमिति बैठकलाई व्यवस्थित गर्नका लागि के–कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा भयो । उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियौँ ।’

नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै सरकारको कामको सम्बन्धमा पनि पार्टी केन्द्रीय समिति बैठकमा समीक्षा हुने बताए।

बैठकमा डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved