मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

  • चैत ११, २०७६
  • कालापानी मिडिया
alt

कृत विष्ट, धनगढी। नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गराउनका लागि स्थानीय प्रशासनले अनुमती पाएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेपछि सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशको अनुमती प्राप्त भएको हो।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि साढे ११ करोड बजेट छुट्याईएको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको रोकथाम तता व्यवस्थापनका लागि साढे ११ करोड बजेट माग गर्दै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रस्ताव आज बसेको बैठकले स्वीकृत गरेको हो।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रीपरिषद् बैठकले कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि ११ करोड ५० लाख बजेट छुट्याईएको बताए। यस्तै सुदूर पश्चिम प्रदेश सरकारको आज बसेको मन्त्री परिषदको बैठले कोरोना रोकथामका लगि हरेक स्थानिय तहलाइ करोड अनुदान दिने रकम दिइने र सम्पुर्ण मन्त्रीहरुले एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved