काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । आज सामाजिक संजाल मार्फत संविधान दिवसको अवसरमा शुभकामना दिदै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनले राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, स्थानीय स्वायत्त शासन, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समावेशी प्रतिनिधित्वको सिद्धान्तमा आधारित नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न पनि आह्वान गरेका छन् ।
उनले लेखेका छन्,
असोज ३ संविधान दिवसको शुभकामना।
संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गरौँ।
राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र,स्थानीय स्वायत्त शासन,जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समावेशी प्रतिनिधित्वको सिद्धान्तमा आधारित नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरौँ
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved