काठमाडौं । कैलालीको टीकापुर घटनाका सबै कैदी बन्दीहरु रिहा भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी चारै जना आज रिहा भएका हुन् ।
रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् ।
यस्तै घटना भएको बेला नाबालक रहेका लट्कनियाकै श्रवणकुमार चौधरीलाई पनि रिहा गरिएको छ । तीन जना कैलाली जिल्ला कारागारबाट र एक जनालाई पोखराबाट रिहा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved