लकडाउन उलंघन भएपछि सप्तरीका विभिन्न ठाउँमा सेना परिचालन

  • चैत ११, २०७६
  • कालापानी मिडिया
alt

सप्तरी ११ चैत : सरकारले घोषणा गरेको लकडाउन उलंघन भएपछि सप्तरीका विभिन्न ठाउँमा सेना परिचालन गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीले नसकेपछि सप्तरीमा सहयोगका लागि नेपाली सेनालाई सडकमा उतार्नुपरेको हो। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा अघिपछिको भन्दा भीड कम भए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन्। फाटफुट पसलहरु पनि सञ्चालनमै छन्।

मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन्। त्यस्तै, सिरहाको लाहानमा गुद्री हटिया बन्द गर्न नमान्दा प्रहरी परिचालन गरेर बन्द गराइएको छ भने सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। संक्रमणबाट बच्न घरबाहिर ननिस्किन गरेको आग्रह अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशासन पुगेको छ। बिहानैदेखि सरकारको निर्णयको उल्लंघन भइरहेको भन्दै प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले यस्तै अवस्था रहे कर्फ्यू लगाउनुपर्ने पनि हुनसक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved