काठमाडौं । नेकपा एकीकृत समाजवादीले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
समाजवादीले बिहीबार पार्टी कार्यालय आलोकनगरमा पत्रकार सम्मेलन गर्दै झापाको मेची किनारबाट प्रारम्भ हुने जनअभियान असोज २९ गते महाकालीमा समापन हुने जनाएको हो । अभियानका क्रममा समाजवादी जागरण अभियान को नाममा जनताको घर दैलोमा पुग्ने समाजवादीले जनाएको छ । त्यस्तै, सुशासन, विकास र रोजगारीको मागका साथै भ्रष्टाचारको अन्त्य गर्न जनतालाई जागृत गर्नका लागि अभियान गर्न लागिएको नेकपा एकीकृत समाजवादीको भनाइ छ ।
अभियानका क्रममा रुपान्तरणकारी एजेन्डा, पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए । पार्टीको धारणाहरु जनतामा पुराउने र जनताको विश्वास हासिल गर्ने गरि अभियानको आयोजना गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved