काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट १३ प्रदेश कमिटी सदस्यहरु सर्वसम्मत चयन भएका छन् । तीन दिन लामो प्रयासपछि दुवै निर्वाचन क्षेत्र र खुला तथा महिला क्लस्टरका १३ दस्यहरु सर्वसम्मत चयन भएका हुन् ।
सर्वसम्मत हुनेमा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिना, मेलम्चीकी उपमेयर उपा प्रधान, बाह्रविसेका पूर्वमेयर निमफुन्जो शेर्पा रहेका छन् ।
त्यस्तै हेमगंगा मोक्तान, इन्द्र नेपाल, देविन्द्रबहादुर खत्री डोल्मा तामाङ, बालकृष्ण देउजा, विदुर भारती, रामबहादुर सुनुवार, आङछिरिङ शेर्पा, उमा प्रधान, बालकुमारी सापकोटा रहेको एमाले बागमतीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved