कोरोना विरुद्धको लडाईका लागि प्रदेश २ सरकार तयार : मुख्यमन्त्री राउत

  • चैत १२, २०७६
  • कालापानी मिडिया
alt

वीरगञ्ज १२ चैत : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण विरुद्धको लडाईका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री राउतले प्रदेशबासीको नाममा अपिल जारी गर्दै महामारीविरुद्ध लड्न संघीय सरकारले जारी गरेको निर्देशनप्रति प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन अक्षरशः पालना गर्न आग्रह समेत गरेका छन् । उनले जारी गरेको अपिलमा स्थानीय तह, प्रदेश र संघीय सरकारको सरकार र सर्वसाधारणको एकता नै महामारी विरुद्धको बलियो हतियार रहेको जनाउदँै लक डाउनलाई पुर्णतः समर्थन गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् । उनले महामारी विरुद्ध लड्न प्रदेश सरकारले गत साता देखि नै आफ्नो पूर्व तैयारीहरु सुरु गरिसकेकाले यस महाविपतको घडीमा कसैलाई नआत्तिन समेत सुझाव दिएका छन् । उनले महामारी विरुद्धको पूर्व तैयारीको लागि प्रदेशमा २ सय ५० आइसोलेशन बेड तयारी अवस्थामा रहेको र थप आइसोलेशन बेडको लागि गृह कार्य भइरहेको अपिल मार्फत जनाएका छन् । महामारीकोे हल्ला सुनिए लगत्तै प्रदेश सरकार पूर्व तयारीका लागि विपद व्यवपस्थापन कोष मार्फत प्रत्येक जिल्लाका विपद व्यस्थापन कोषलाई ५० /५० लाख रुपैयाँ दिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved