जीवनको यथार्थ

  • असोज १४, २०८०
  • कालापानी मिडिया
alt

मन छुने सुन्दर उत्प्रेरणात्मक भनाईहरु

१- सान्त्वना मिल्यो भन्दैमा आफ्नो आंशु अरु कसैलाई पुछ्न नदिनुस्। समाजमा तपाईंको आंशु पुछ्नेभन्दा पनि आंशु पुछने वहानामा आंशुको व्यापार गर्नेहरु बढी भेटिने छन्। दुस्ख उसैलाई सुनाउंनुस् जसले तपाईंको जस्तै दुस्ख बाट गुज्रेको होस् वा तपाईंको वास्तवमै शुभ चिन्तक होस्।

२ -अहिले श्वासमा पछि लासमा । जीवनमा अरु केहि जित्नु छैन । जितेका सबै गुम्ने छन् । जित्नै छ भने अरुको मन जितौं , दुनियाँको विश्वास जितौं । बरु जीवनको यात्रा कठिन नै होस् तर मृत्‍यु पश्चात धेरैको सम्झनामा अमर बन्न सकियोस्।

३ -मलाई दुस्खाएरै गयौं । अझैं दुस्खाउ बरु सहनेछु, तर तिमी कहिल्यै नदुख्नु । असल प्रेम प्रेमिको प्राप्तिमा हैन प्रेमिको खुसीमा नै रम्ने छ ।

४ -जहाँ प्रेमको भाषा हुन्छ ,त्यहीं खुसी र आशा रहन्छ ।जसले आफुलाई महत्व दिएको छ । उसलाई समय निकालेरै प्रेम गर नत्र समयले केवल पश्चातापको घडिमा उभिन वाध्य पार्ने छ ।

५ -जो तपाईको इर्ष्या गर्छ उसलाई कहिल्यै घ्रिणा नगर्नुहोस्। तपाईंलाई आफु भन्दा उत्तम ठान्ने तिनै इर्ष्यालुहरु हुन् अनि अघि बढ्न वाध्य पार्ने पनि ।
६ -महान व्यक्तिहरु मृत्‍युको चिन्तामा आफ्नो समय र उर्जा खर्च गर्दैनन् बरु मृत्‍यु हुनु अघि उपलब्ध समय र शक्तिको सहि उपयोग गर्ने छन्। मृत्‍यु जीवनको नटर्ने पाटो हो तर समयमा सचेत नबने राम्रो काम गर्ने अवसर टर्न पनि सक्छ ।

७ -आफुलाई कहिल्यै वेकार नसम्झनुस्। कतिले तपाईंलाई बेबकुफ ठाने पनि कतिका लागि तपाईंं भगवान बनिरहनु भएको हुनसक्छ । भगवान सोच्ने हरुलाई सम्झनुस् र उनिहरुकै लागि भए पनि उनिहरु तर्फै फर्केर एक प्रेरक जीवन बांच्नुहोस्।

८ -लाशले कहिल्यै बांच्नेहरुको आंशु मागेको हुंदैन । आंशु त हाम्रो उस प्रतिको आशक्त्ति हो । अनन्त यात्राको स्वतन्त्र विचरणमा निस्केको यात्रिलाई स्वार्थ र मोहका अकुंश लगाउंनु भन्दा स्वछ्न्द विदाई गर्नुमानै यात्रिको यात्रा सहज बन्न सक्छ ।

९ -धर्म र न्यायले हरेक युगमा एउटै आवाज छोडेका छन्। तिमीले मेरो रक्षा गर्यौं भने म तिम्रो रक्षा गरिरहने छु । अधर्मको बाटो लिएर जित हात पार्नु भन्दा धर्मको बाटो लिएर हार खानु धेरै ठुलो महानता हो । र अन्यत्यमा सत्यले नजितेको कुनै युग हुने छैन।


१० -धनी वा गरिब समयका लागि दुबै समान हुन्। विश्वास नलागे भुकम्प , कोरोना वा काललाई सम्झिए हुन्छ । न धनी भने भएं भनेर अहंकार गर्नुछ न गरिव भएं भनेर धिक्कार गर्नु छ । केवल जिन्दगीलाई समभावले हेर्न सिक्नुछ ।
११ -जीवनमा पीडाहरु निश्चित छन् ,तर दुख्नु र नदुख्नु चैं, हाम्रो आफ्नै छनौट हो । वर्षामा ओतमा रमाउं ,घाम चर्के छांया मा र घाम पानी दुबै भए इन्द्रेणीमा रमाउं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved