अभिनेता अनमोल केसी हाजिरी जमानीमा रिहा

  • असोज १५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा रिहा गरिएको छ । उनलाई खोजेको समयमा हाजिर हुने गरी हिजो रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताएका हुन्।

अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था र उनी भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मामा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जमानीमा छाडिएको ढुङ्गेलले बताए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी यही असोज १२ गते भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । काठमाण्डौ जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि त्यही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved