दशैं कुनै जात विशेषको पर्व होइन-लिङदेन

रावण जनजातीको सन्तान होइन ब्राहणको छोरा हुन्

  • असोज १५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दशैंबारे भ्रम नफैलाउन आग्रह गरेका छन् । उनले पाथीभरा मन्दिर परिसर, हल्दिबारी ४ को धार्मिक अनुष्ठानमा बोल्दै यस्तो आग्रह गरेका हुन् । उनले कतिपय जनजातिहरुले दशैं हाम्रो चाड होइन, हाम्रा पुर्खालाई रामले मारेको भन्ने भ्रमको खण्डन गर्दै रावण जनजातिको सन्तान नभएर एक ब्रामण भएको बताए । "रामायणमा राम राबणको कथा लेखिएको त्यहि कथा अनुसार नै चलेको चलन हो यो न तपाइले रावण देख्नु भएको छ, न यहाँ उपस्थित गुरुहरुले नै त्यसैले यसमा बिवाद नगरौं उनले भने ।,"

यो पर्व कुनै जातको मात्रै र धर्म मात्रैको पर्व होइन । यदि हिन्दुमात्रैको भएको भए भारतभर दशैको अवधिभर पुरै रातो हुनुपर्ने हो । तर त्यसो हुदैन दशै त मेचिमहाकालीमा मात्रै मनाइन्छ, उनले भने ।" उनले भने, जेठोकोमा कान्छोले टिका लगाउने चलन थियो त्थो कुन जातको थाहा थिएन । भोज खाने, रमाइलो गर्ने, बस्ने, परिवारमा रमाइलो गर्ने चलन त धेरै अगाडि देखिको हो। त्यो निरन्तर अहिलेसम्म आइरहेको छ। विभिन्न धार्मिक कथाहरू दशैंमा पोडिएका छन्। रामले रावणलाई मारेको कथा, अष्टमात्रिका, नवदुर्गाले महेश्वरलाई मारेको पौराणिक कथाहरू यसमा जोडिँदै आए। दशैं विकसित रूपमा अघि बढ्दै अहिलेको अवस्थासम्म आइपुगेको छ। त्यसैले सामाजिक, सांस्कृतिक र धार्मिक तीनै पक्षलाई मिश्रित गरेर दशैंलाई रमाइलो बनाउने पक्षमा सबै लाग्नु पर्छ ।,

अध्यक्ष लिङदेनले कसैलेपनि दशैंबारे भ्रम नफैलाउन र सबैलाई मिलेर खुसिको पर्व दशै मनाउन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved